थाहानगर/१ साउन
साउन महिनाको सुरुवात कै दिन अर्थात १ साउनमा थाहानगरमा ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रबार) १२ जनामा एन्टीजेन परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।
असार मशान्तसम्म २०७ संक्रमित रहेकोमा साउनको सुरुकै दिनमा थपिएर २१६ जना सक्रिय संक्रमित पुगेको छ ।
शुक्रबारसम्म कुल २७४४ जनामा कोरोना परिक्षण गरिसकेको छ । तीमध्ये १००९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ७८१ जना निको भएका छन् । १२ जनाको मृत्यु भएको छ ।
१९८ जना होम आइसोलेसनमा छन् भने बज्रबाराही आइसोलेसनमा आज १ जना थपिएर ८ जना छन् । १० जनाको थाहानगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments