Byroad News

Loading...

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन


काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन

काठमाडौं/१ साउन
सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि सुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज (शुक्रबार) सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिनुभयो ।

खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । खोप अभियानका लागि काठमाडौँ जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराइँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । 

चीनबाट करिब आठ लाख खोप आएपछि खोप अभियान सञ्चालन भएको थियो ।

Comments

KATHMANDU WEATHER