हेटौंडा/१ साउन
आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका १ हजार १ सय ८९ जना क्यान्सर रोगीले प्रदेश सरकारबाट आर्थिक सहयोग लिएका छन् ।
बागमती प्रदेश सरकारले प्रदेशका क्यान्सर रोगीहरुलाई प्रति व्यक्ति ५० हजार रुपियाँका दरले उपचार खर्च सहयोग गरेको हो ।
क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख रुपियाँ उपचार सहयोग गर्दै आएकोमा प्रदेश सररकारले थप ५० हजार आर्थिक सहयोग गरेको हो ।
गत फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका १५ वटा अस्पतालहरुसङ्ग सम्झौता गरेको थियो । त्यसै अनुसार गत फागुन महिनादेखि असार १५ गतेसम्म प्रदेशभित्रका १ हजार १ सय ८९ जना क्यान्सरका बिरामीले करिब २ करोड ३३ लाख ३० हजार रुपियाँ बराबारको स्वास्थ्य सेवा लिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशले यो सुविधाका लागि गत आर्थिक वर्षमा सात करोड रुपियाँ विनियोजन गरेको थियो । भने चालू आर्थिक वर्ष २०७८/०७९ मा पनि यस कार्यक्रमले निरन्तरता पाएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments