थाहानगर/३१ असार
मकवानपुरको थाहा नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सयबाट तल ओर्लन सकिरहेको छैन ।
एकातिर अर्थतन्त्रमा प्रतिकूल असर परेको भन्दै निषेधाज्ञा खुकुलो बनाउदै लैजादै गर्दा थाहानगरमा हरेक दिन संक्रमितको संख्या बढिरहेको छ ।
बिहीबार १५ जनामा कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २०७ पुगेको छ । तीमध्ये १८८ जना होम आइसोलेसनमा छन् भने ९ जना बज्रबाराही आइसोलेसनमा छन् । १० जनाको लामो समयदेखि थाहानगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
यसै सन्दर्भमा भोलि शुक्रबार थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिको बैठक बस्दैछ । यस अघि बसेको समितिको बैठकले थाहानगरका विभिन्न वडाका विभिन्न टोलहरुलाई "उच्च जोखिम क्षेत्र" अर्थात "रेड जोन" घोषणा गरेको थियो ।
समितिले ती क्षेत्रहरुमा विषेश कार्यक्रम सञ्चालन गरि कोरोना न्यूनिकरण गर्ने निर्णय गरिएको भएपनि कुन्छाल र घर्तिखोलामा टोलस्तरीय समिति गठन बाहेक अन्य कुनै गतिविधि गर्न सकेन । सचेतना कार्यक्रम गर्ने, कन्ट्राक्ट ट्रेसिङका आधारमा परिक्षणको दायरा बढाउने, संक्रमित र उनका परिवारलाई कडाईका साथ निगरानी बढाउने योजना "योजना" मै सीमित हुन पुग्यो । न त टोलमा आयोजित कार्यक्रमलाई प्रभावकारी बनाउन सक्यो न त गठित समितिलाई परिचालन नै गर्न सक्यो ।
त्यसोत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि सहितको निर्देशन समिति कै बैठकमा पूर्ण उपस्थिति हुन छोडेको छ । जिल्ला प्रशासन कार्यालयले केही बन्देजसहित निषेधाज्ञा लगाउदै आएको भएपनि उत्तरी मकवानपुरमा अनौपचारिक रुपले लगभग निषेधाज्ञा खुलिसकेको छ ।
कोरोना परिक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार अझै पनि परिक्षणको दायरालाई बढाउने होभने संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने देखिन्छ । हाल स्वास्थ्य केन्द्रहरुमा लक्षण सहित आएकाहरुमा मात्र परिक्षण हुँदै आएको छ । तस्वीरहरु: घर्तिखोला र कुन्छालमा समिति गठन गर्दै गर्दा ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments