Byroad News

Loading...

थाहामा आज १२८१ ले खोप लगाए, भोलि आग्रा र पालुङमा अझै लगाउने


थाहामा आज १२८१ ले खोप लगाए, भोलि आग्रा र पालुङमा अझै लगाउने

थाहानगर/३१ असार
मकवानपुरको थाहा नगरपालिकामा आज (बिहीबार) भेरोसेल खोपको पहिलो डोज १२८१ जनाले लगाएका छन् ।

आज समेत गरि थाहानगरमा कुल ३३९३ जनाले पहिलो डोजको खोप लगाइसकेका छन् । अहिलेसम्म ५५५ जनाले दोस्रो डोजको खोप ल्गाइसकेका छन् ।

आज प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा २७०, बज्रवाराही स्वास्थ्य चौकीमा २०१, टिष्टुङ स्वास्थ्य चौकीमा १ सय, पालुङ स्वास्थ्य चौकीमा २३० ले पहिलो डोजको खोप लगाएका छन् ।

यसैगरी, दामन शहरी स्वास्थ्य केन्द्रमा २४, देउखेल शहरी स्वास्थ्य केन्द्रमा ३४, टौखेल शहरी स्वास्थ्य केन्द्रमा १८०, नयाँ बस्ती आधारभूत स्वास्थ्य केन्द्रमा १५७, भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्रमा ४१, लिती आधारभूत स्वास्थ्य केन्द्रमा ४४ जना समेत गरि कुल १२८१ जनाले पहिलो डोजको खोप लगाएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।

आज सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराइएको हो । 

भोलि (शुक्रबार) आग्रा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा खोप लगाउने कार्यक्रम छ । थाहानगरमा ४८ हजार बढी जनसंख्या छ । 

तस्वीर: सरस्वती विद्या मन्दिर बज्रबाराहीका प्रिन्सिपल साजन श्रेष्ठले पहिलो डोजको खोप लगाउदै ।

Comments

KATHMANDU WEATHER