Byroad News

Loading...

थाहामा कोरोना: बुधबार ८ जना थपिए


थाहामा कोरोना: बुधबार ८ जना थपिए

थाहानगर/३० असार
थाहानगरमा असार ३० गते बुधबार ८ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार १३ जनामा कोरोना परिक्षण गरिएकोमा ८ जना अर्थात ६१.५३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

यो समेत गरि बुधबारसम्म सक्रिय संक्रमितको संख्या २०२ पुगेको छ । बुधाबारसम्म थाहानगरमा निको हुन बाकीमध्ये थाहा १ मा ६५ जना, २ मा १० जना, ३ मा १९ जना, ४ मा १५ जना, ५ मा ७ जना, ६ मा ५५ जना छन् ।

यसैगरी थाहा ८ मा १ जना, ९ मा ६ जना, १० मा ३ जना, ११ मा १२ जना र १२ मा ६ जना छन् ।

७ नम्बरमा कुल २२८ मा परिक्षण गरिएकोमा ८२ जनामा संक्रमण पुष्टि भएकोमा सबै निको भैसकेका छन् । अब सबैभन्दा थोरै वडा नम्बर ८ मा १ जना निको हुन बाकी छ ।

हालसम्म थाहानगरमा २७१७ जनामा कोरोना परिक्षण भैसकेको छ भने हालसम्म ९९५ जनामा संक्रमण पुष्टि भएको छ । ७८१ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल १८३ जना होम आइसोलेसनमा ९ जना बज्रबाराही आइसोलेसन र १० जना थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

Comments

KATHMANDU WEATHER