थाहानगर/३० असार
मकवानपुरमा खुकुलो बन्दै गएको निषेधाज्ञा साउन १ गतेबाट फेरि थप गर्ने तयारी गरिएको छ ।
मकवानपुरमा अझै कोरोना संक्रमण दरमा आशालाग्दो रुपमा सुधार नभएको अवस्थाले अझै केहि समय निषेधाज्ञा थप गर्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो ।
तर, यस पटकको निषेधाज्ञाको मोडालिटी भने अझै परिवर्तन हुने बताइएको छ । मकवानपुरमा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटकको निषेधाज्ञा असार ३१ गते राति १२ बजेदेखि सकिँदैछ ।
अहिले विद्यालय, ट्युशन तथा कोचिङ सेन्टर, पार्टी प्यालेस, सभा, सम्मेलन, धार्मिक कार्यक्रम बाहेक करिब अन्य सबै प्रकारका व्यवसायहरु तोकिएको समय अनुसार खुल्ला भइसकेका छन् भने मकवानपुरभित्र सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments