Byroad News

Loading...

स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता


स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता

कलैया/३० असार
बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार रुपियाँ भत्ता दिने भएको छ ।

नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने उल्लेख छ ।

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER