Byroad News

Loading...

दामन भ्यु टावर एक वर्षका लागि भाडामा दिइने


दामन भ्यु टावर एक वर्षका लागि भाडामा दिइने

थाहानगर/२९ असार
मकवानपुरको दामनमा रहेको दामन भ्युटावर तत्काल एक वर्षका लागि भाडामा दिने तयारी गरिएको छ । 

सोमबार थाहा नगरपालिका राजश्व परामर्श समितिको बैठकले हाल यत्तिकै रहेको दामनस्थित भ्युटावरको विकासका लागि डीपीआर तयार गरी पछि २५ वर्षका लागि भाडामा लिने स्वयंले डीपीआर अनुसारको संरचना बनाउने गरी दिने तर तत्काल एक आर्थिक वर्षका लागि न्यूनतम वार्षिक २ लाख रुपियाँ भाडामा टेण्डर आव्हान गर्ने निर्णय भएको समितिका सदस्य सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।

प्रधानका अनुसार टावरका लागि आधुनिक टेलिस्कोप समेत खरिद प्रकृया अघि बढिसकेको छ । हाल कमजोर भौतिक पूर्वाधार रहेको र भएका संरचनाहरु समेत पुरानो भएका कारण भ्यु टावरलाई नियमित संचालन गर्न नसकेको जनाउँदै यसअघि भाडामा लिएको होटल प्रकाशले गत वर्षदेखि टेण्डर रद्द गरिसकेको छ । 

हाल थाहा नगरपालिकाको स्वामित्वमा रहेको भ्युटावर यत्तिकै बन्द छ । यसअघि तत्कालीन जिल्ला विकास समिति मकवानपुर र सोभन्दा अगाडि पर्यटन मन्त्रालयको स्वामित्वमा थियो । भ्युटावरबाट संसारमा उच्च हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । 

२०६१ सालसम्म दुई वटा टेलिस्कोप रहेकोमा एउटा नयाँ टेलिस्कोप तत्कालीन द्वन्द्वकालमा माओबादीले लगेको थियो भने एउटा हाल पुरानो भएको छ । 

Comments

KATHMANDU WEATHER