थाहानगर/२८ असार
थाहा नगरपालिकामा वडा कार्यालयहरुबाट राजश्व संकलनमा कर्मचारीबाट हिनामिना भएको उजुरी परेपछि आवश्यक छानविन गरिने भएको छ ।
थाहा नगरपालिकाका सबै वडाहरुमा अनलाइन विधिबाट राजश्व संकलन गर्दै आएको छ । तर कतिपय वडाहरुमा कर्मचारीहरुबाट हस्तलिखित फर्जी विल जारी गरि नगरपालिकामा राजश्व दाखिला नगरेको उजुरी परेपछि सोमबार बसेको राजश्व परामर्श समितिको बैठकले उजुरीमाथि छानविन गर्ने निर्णय गरेको बताइएको छ ।
उजुरी अनुसार कसुर पुष्टि भए प्रचलित ऎन बमोजिम कार्वाहीका लागि सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिनुभयो ।
यसैगरि, संकलित राजश्व समय मै नबुझाएर बुझाउन म्याद पाएका एक कर्माचारीले सोमबारसम्म बिझाउन बाकी सबै राजश्व दाखिला गरेको बुझिएको छ ।
यसैगरि, समितिले राजश्व चुहावट हुन सक्ने अन्य निकायहरुको समेत कडाईका साथ छानविन गरी त्रुटि भेटिएमा आवश्यक कार्वाही गर्ने बताएको छ ।
नगरका कुनै नागरिकले कर भुक्तानी गर्दा शंका लाग्ने गरि कलमले केरमेर गरेर वा लेखेर रसिद दिइएको छभने पनि उजुरी गर्न सुचित गरिन लागेको बुझिएको छ ।
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments