Byroad News

Loading...

अमेरिकाले दिएको १५ लाख खोप नेपाल आइपुग्यो


अमेरिकाले दिएको १५ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं/२८ असार
एक डोज मात्र लगाए हुने अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।

कतार एयरवेजमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ । 

सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको मन्त्री श्रेष्ठले बताउनु भयो । 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER