Byroad News

Loading...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं


मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं

काठमाडौं/२८ असार
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार विहान बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँडको कार्यक्रम तय भएको हो ।

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल ३ करोड ८९ लाख रुपियाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँड गरेको छ ।

सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँड सोमबार हुन लागेको हो । मागभन्दा करिब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरुमध्येबाट थप २ जनाले एक एक कित्ताका दरले पाउँनेछन् ।

Comments

KATHMANDU WEATHER