काठमाडौं/२७ असार
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो ।
गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ । यद्यपि, बार्ताका लागि कोरोना महामारीलाई पूर्ण ख्याल गर्दै छलफलमा सहभागी हुन निगमले विद्यार्थी संगठनलाई आह्वान गरेको छ ।
गतसाता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपियाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । सो क्रममा गत २४ गते विद्यार्थीहरुले निगमलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।
यसैबीच, विद्यार्थी संगठनहरुले निगमले आफ्ना मागहरु संबोधन नगरेको भन्दै भोलि असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने लगायतका थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments