Byroad News

Loading...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ला


युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ला

काठमाडौं/२४ असार
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आजबाट बिक्री खुल्ला गरिएको छ।

आजदेखि बिक्री खुल्ला भएको आईपीओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ।

६४ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले जानकारी दिनु भयो । 

उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो। हाल कम्पनीको जारी पुँजी दुई अर्ब १५ करोड रुपियाँ बराबरको छ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुल्ला भएको छ। जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो। उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आईपीओमा आवेदन दिन सक्नेछन्।

Comments

KATHMANDU WEATHER