थाहानगर/२४ असार
बैशाख दोस्रो हप्तादेखि रोकिएको सार्वजनिक यातायातका साधनहरु असार २७ गते आइतबारदेखि संचालनमा आउने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको निर्णय अनुसार आइतबारदेखि मकवानपुर जिल्लाभर स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी सिटभरि मात्र यात्रु बोक्न पाउने गरी यातायात संचालनमा आउन लागेको हो ।
भाडादर भने पुरानै कायम रहने नारायणी यातायात व्यवसायी संघ प्रा.लि.का सचिव सरोज खनालले बाइरोडलाई बताउनु भयो ।
यसैबीच, थाहानगरबाट हेटौंडाका लागि विहान ६, ७, ८, ९, १०, ११ र १२ बजे नारायणी यातायातको बसहरु संचालनमा छन् । भने हेटौंडाबाट विहान ७, ८, ९:३०, ११, १२, २ र ३ बजे थाहानगरका लागि यातायात संचालन हुँदै आएको थियो ।
नारायणी यातायातका पालुङ काउन्टर इन्चार्ज अरुण लामाका अनुसार यो निर्णय आएसँगै हालसम्म पुरानै समयहरुमा बस सेवा सुरु गरिने योजना छ ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments