Byroad News

Loading...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ५८ करोडमा सिमित


दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ५८ करोडमा सिमित

काठमाडौं/२३ असार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको थियो भने ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको थियो । 

आज नेप्से १६.९७ अंकले घटेर दुई हजार आठ सय १ दशमलब १३ विन्दुमा थामिएको हो । आज नेप्सेमा ४ अर्ब ५८ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।  

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब चार प्रतिशतले बढेको छ ।  
    
त्यस्तै, आज अप्पर तामाकोशी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।  

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको भएको छ । यस कम्पनीको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।    

Comments

KATHMANDU WEATHER