Byroad News

Loading...

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाखले पाएनन्


जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाखले पाएनन्

काडमाडौं/२३ असार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँटफाँड भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् ।

१०–१० गोला प्रथाबाट उभ्रिएको ५ कित्ता भाग्यमानी ५ जनाले हात पारेका छन् । अर्थात उनीहरुलाई ११ कित्ताका दरले आईपीओ परेको छ ।

यस संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार जीवन विकासको आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।

Comments

KATHMANDU WEATHER