काठमाडौं/२२ असार
नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज (सोमबार) फेरि इन्धनको मूल्य बढाएको हो ।
गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपियाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपियाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपियाँ पुर्याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपियाँ बढेर ११२ रुपियाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपियाँले बढाएर ८४ रुपियाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपियाँका दरले वृद्धि गरेर १४ सय २५ रुपियाँ कायम गरेको छ ।
गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपियाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments