Byroad News

Loading...

थाहामा कोरोना: ‘रेड जोन’कै आइसोलेसन खाली


थाहामा कोरोना: ‘रेड जोन’कै आइसोलेसन खाली

थाहानगर/२२ असार
मकवानपुरको थाहा नगरपालिकास्तरीय कोभिड रोकथान तथा नियन्त्रण निर्देशन समितिले नगरका विभिन्न नौ वटा टोलहरुमा कोरोना संक्रमण दर उच्च रहेको भन्दै ‘रेड जोन’ घोषणा गर्‍यो । तर, तिनै ‘रेड जोन’मा जनस्तरबाट तयार पारिएको आइसोलेसनमा अहिलेसम्म कोहि संक्रमित बसेनन् । 

थाहा नगरपालिकाको १ नम्बर वडा कुन्छालका युवाहरु आवद्द सुनौला विकास केन्द्रले कुन्छाल डाँडामा रहेको सुनौला माविको भवनलाई ‘ड्राइ आइसोलेस’ सेन्टरमा १८ जनाको क्षमता छ । तर, अहिलेसम्म कोहि पनि सो आइसोलेसनमा बस्न खोजेनन् । 

केन्द्रले मासु भातसहित नियमित पौष्टिक आहारसहितको व्यवस्थापन गर्ने लक्ष्य लिइए पनि घरायसी कारण देखाउँदै कोहि पनि बस्न नखोजेकोमा केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीले चिन्ता व्यक्त गर्नुभयो । 

थाहानगरको १ नम्बर वडामा मात्रै हाल सक्रिय संक्रमित विरामीको संख्या ६२ जना छन् । सोहि आइसोलेसन नजिकै थाहा नगरपालिकाले सबै सुविधा दिएको आइसोलेसनमा अहिले ११ जना संक्रमित छन् । त्यहाँपनि बढीमा १२ जनासम्म मात्रै विरामी बसेको तथ्याङ्क छ । 

आइसोलेसन तयार गर्न हालसम्म डेढ लाख रुपियाँ बढी खर्च भइसकेको छ । आइसोलेसन संचालनका लागि थाहा नगरपालिका १ नम्बर वडा कार्यालयबाट एक लाख र देशविदेशमा रहेका नेपालीहरुबाट १ लाख ७१ हजार रुपियाँ सहयोग जुटिसकेको छ । 

‘घरमा समस्या हुनेहरु लक्षित गरेर आइसोलेसन तयार गर्‍यौँ तर, कोहि पनि बस्न मान्दैनन् । घरमा मेरो काम कसले गरिदिन्छन् भनेर पन्छिन्छन् ।’ केन्द्रका अध्यक्ष गोपालीले भन्नुभयो, ‘अनिवार्य बस्नै पर्ने नीति भए पो बस्छन्, बसे पनि हुने नबसे पनि हुने भएपछि घरबारीमा काम गर्न छोडेर आइसोलेसनका बस्न रुचाएनन् ।’ थाहानगरमा हालसम्म १९६७ जनामा कोरोना परिक्षण गरिएकोमा ९१६ जनामा संक्रमण पुष्टि भइसकेको छ । भने ७१८ जना निको भएका छन् । १२ जनाको मृत्यु भएको छ। 

Comments

KATHMANDU WEATHER