थाहानगर/२१ असार
महङ्गो मोवाइल सेटको डिस्प्ले फुटेमा सिङ्गो डिस्प्ले (एलसीडी) फेरिने गरिन्थ्यो, मूल्य पनि महङ्गो पर्थ्यो तर अब थाहानगर मै डिस्प्ले ग्लास मात्र पनि फेरिने भएको छ ।
थाहानगरको थानाबजारस्थित खुसी एण्ड समृद्धि मोवाइल हाउसमा डिस्प्ले लेमिनेट एलसीडी रिपियर मेशिन ल्याएपछि अब पचास प्रतिशत कम खर्चमा मोवाइल मर्मत हुने भएको संचालक सुबिन्द्रमान प्रधानले बताउनु भयो ।
यो मेशिनले थाहानगरमै पहिलो पटक यसरी डिस्प्ले ग्लास फेरिने सुविधा सुरु गरिएको प्रधानले बताउनु भयो । यस अघि डिस्प्ले सेट फेरिनु पर्थ्यो । यो मेशिन ल्याइए पछि डिस्प्ले ग्लास मात्र फेर्न सकिनेछ ।
जस्तै यो फेर्दा यस अघि ४ हजार रुपियाँ लाग्ने गरेकोमा अब २ हजार रुपियाँ मै फेर्न सकिने बताइएको छ । थाहानगरमा करिव डेढ दर्जन मोवाइल विक्री तथा मर्मत पसल छन् ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments