Byroad News

Loading...

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमद्वारा राजीनामा


सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमद्वारा राजीनामा

काठमाडौं/२१ असार
सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले राजीनामा दिनु भएको छ । गौतमले असार २० गते बसेको बैंकको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिनु भएको हो । 

उहाँको राजीनामा सञ्चालनक समितिमा विचाराधिन अवस्थामा रहेको बैंकले जानकारी दिएको छ । गौतमले २०७५ साल बैशाख १९ गतेदेखि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिनु भएको थियो । 

बैंक तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव संगाल्नु भएका गौतमले यस अघि इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रहेर पनि काम गर्नु भएको थियो । त्यस अघि माछापुच्छ्रे बैंक , नेपाल एसबिआई बैंक , नेपाल बैंकमा पनि उहाँले उच्च पदमा रहेर काम गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER