Byroad News

Loading...

थाहामा बाढीपहिरो जोखिममा रहेकाहरुलाई नि:शुल्क आश्रय दिइने


थाहामा बाढीपहिरो जोखिममा रहेकाहरुलाई नि:शुल्क आश्रय दिइने

थाहानगर/१९ असार
थाहा नगरपालिकामा अविरल वर्षासङ्गै बाढी पहिरोको डर बढेसङ्गै घर जोखिममा रहेकाहरुलाई नयाँगाउँमा रहेको साहारा रिसोर्ट र ल्यायम्ह पूच: मकवानपुर शाखाले नि:शुल्क आश्रय दिने भएका छन् ।

ल्यायम्ह पूच: र साहारा रिसोर्टले मानवीय सेवाका लागि नि:शुल्क खाने बस्ने व्यवस्था गरिएको हो । रिसोर्टले ४० जनासम्मलाई नि:शुल्क सेवा दिइने संचालक हरेराम कार्कीले बताउनु भयो ।

यसैगरि, ल्यायम्ह पूच: मकवानपुर शाखाले झम्केश्वरी माविस्थित सामुदायिक भवनमा खान बस्ने व्यवस्था गरिएको पूच:का केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER