थाहानगर/१८ असार
थाहा नगरपालिकामा अविरल वर्षासङ्गै बाढी पहिरोको डर बढेसङ्गै नयाँगाउँमा रहेको साहारा रिसोर्टले नि:शुल्क साहारा दिने घोषणा गरेको छ ।
रिसोर्टका संचालक हरेराम कार्कीले बाइरोड न्युज सङ्ग कुरा गर्दै आपतविपतमा सबैले मानवीय सहयोग गर्नु पर्ने बताउनु हुँदै चालीस जनासम्मलाई नि:शुल्क खान बस्न दिने घोषणा गर्नु भएको हो ।
कार्कीले प्राकृतिक प्रकोपमा परेकाहरुलाई सबै मिलेर सहयोग गर्नु पर्ने बताउदै आफू सबै प्रकारको सहकार्यका लागि तयार रहेको बताउनु भयो । अप्ठेरोमा परेकाहरुले ९८५५०७०३६१ मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।
रिसोर्ट गतवर्षदेखि मात्रै संचालनमा आएको हो ।
Featured News
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments