Byroad News

Loading...

थाहा ७ मा पुन: बजेट बिनियोजन गर्न माग, वडाध्यक्ष भन्नुहुन्छ 'यो राजनीतिक प्रतिशोध हो'


थाहा ७ मा पुन: बजेट बिनियोजन गर्न माग, वडाध्यक्ष भन्नुहुन्छ 'यो राजनीतिक प्रतिशोध हो'

थाहानगर/१८ असार
थाहा नगरपालिका वडा नम्बर ७ मा पक्षपातपूर्ण ढङ्गले बजेट बिनियोजन भएको आरोप लगाउदै स्थानीयले पुन: बजेट बिनियोजन गर्न माग गरेका छन् ।

पुन: बजेट बिनियोजनको माग गरि करिव १५० भन्दा बढी स्थानीयले हस्ताक्षर गरेर बिहीबार वडा कार्यालयमा निवेदन दिएका छन् । नगर प्रमुख लवशेर विष्टलाई समेत बोधार्थ दिइएको निवेदनमा ७ नम्बर 'वडाको सबैभन्दा विकट स्थान बसेरी, पाखुरे, थरीटोल, थाक्ले, गैराटोल तथा च्यानडाँडामा कुनै पनि शीर्षकमा बजेट नछुट्याउनु सरासर वडा प्रतिनिधिको गलत नियत र पूर्वाग्रह देखिएको हाम्रो ठहर छ ।' निवेदनमा उल्लेख छ । 

निवेदनमा 'चल्ती, च्यानडाँडा, बसेरी र पाखुरे क्षेत्रमा बजेट विनियोजनमा बेवास्ता गर्ने, चल्तीमा आँखामा छारो हाल्ने ढङ्गले बजेट विनियोजन भएपनि बजेट माग भएका अत्यावश्यक स्थानमा विवाद हुने गरी बजेट विनियोजन गर्ने, बसेरी, पाखुरे, थरीटोल, थाक्ले, गैराटोल र च्यानडाँडा क्षेत्रलाई त झनै बिर्सेरै योजना निर्माण गर्नु जस्ता कार्यले वडा प्रतिनिधिको पूर्वाग्रही र पक्षपाती सोचलाई स्पष्ट पारेको छ ।' निवेदनमा लेखिएको छ । 

पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउदै सो कार्य तत्काल रोक्न पनि माग गरिएको छ । निवेदनमा माग संवोधन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

यसै विषयमा बाइरोड न्युजसङ्ग कुरा गर्नु हुँदै ७ नम्बर वडाध्यक्ष सनम सिं मोक्तानले पुन: बजेट विनियोजन हुने सम्भावना नभएको स्पष्ट पार्नु भयो । उहाँले पक्षपाती ढङ्गले काम नभएको बताउदै निवेदकका अगुवाहरुले राजनीतिक प्रतिशोधका आधारमा विरोध गरेको प्रतिक्रिया दिनु भयो । अध्यक्ष मोक्तानले वडाले बजेट बिनियोजन गर्नु पूर्व वडामा क्रियाशील सबै राजनीतिक दलहरुसङ्ग सुझाव माग गरिएकोमा जनता समाजबादी पार्टी र राप्रपाले मात्र सुझाव दिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो, 'बसेरीमा ५ लाख हालेर खानेपानी सफल हुने अवस्था छैन, कुनै निकायसङ्ग माग गरेर काम गर्ने विषयमा मेयर सावसङ्ग पनि सल्लाह भएको छ, ७ नम्बरमा मात्र ३४ वटा सडकहरु छन् पाखुरेमा ५ लाख हालेर सडकको स्तरोन्नति हुने अवस्था छैन, त्यसैले संसद क्षेत्र विकास कोषको कम्तिमा १० लाख रुपियाँ रकम हाल्ने सल्लाह भए अनुसार वडाबाट बजेट नहालेको हो, योजना माग भएर आए अनुसार पिपलडाडा-पुलको मुख सडक २ लाख ५० हजार र तरकारी संकलन केन्द्रको लागि २ लाख ५० हजार रुपियाँ बिनोयोजन गरिएको छ । संसद क्षेत्र विकास कोषबाट १० लाख च्यान डाडा-थाक्ले सडकमा हाल्ने सल्लाह भए बमोजिम वडाको बजेट बिनोयोजन नगरिएको हो ।' वडाध्यक्ष मोक्तानले राजनीतिक प्रतिशोधका आधारमा निवेदन परेको दोहोर्याउनु हुँदै नगर सभाबाट बजेट कार्यान्वयनका लागि पारित भईसकेको हुँदा अब केही गर्न नसकिने बताउनु भयो ।

Comments

KATHMANDU WEATHER