दाङ/१७ असार दाङको देउखुरीस्थित एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेकाहरुविरुद्ध दाङ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी सहकारीको पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक हुनुहुन्छ ।
अदालतबाट पक्राउ पुर्जी जारी गरिएकाहरुमा लेखा सुपरिवेक्षण समिति संयोजक नुमानन्द सुवेदी, संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी, रुकमाङ्गत ज्ञवाली, रामबहादुर कुवर (पूर्वउपाध्यक्ष), कृष्णप्रसाद उपाध्यय पौडेल (पूर्व उपाध्यक्ष), हिमानन्द पाण्डे (पूर्व सचिव), हरिप्रसाद भुसाल (पूर्व सचिव), माधव शर्मा (पूर्व सह-सचिव), रामकृष्ण पौडेल (पूर्व कोषाध्यक्ष), गुरुप्रसाद सुवेदी (पूर्व व्यवस्थापक) रहेका छन् ।
यसैगरी, पक्राउ पुर्जी जारी गरिएकाहरुमा सदस्यहरु केशवराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेल्वासे, बिष्णुबहादुर थापा (लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक), तुलसीराम पोख्रेल (लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य), युवराज भुषाल, (लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य), गोबिन्दप्रसाद भण्डारी (लेखा परीक्षक), गंगाबहादुर केसी (लेखापरीक्षक) छन् ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments