काठमाडौं/१४ असार
यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् । सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।
काठमाडाैं उपत्याकाको स्थानीय प्रशासनले भोलि मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।
ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्यामा परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।
‘जोर बिजोरमा सार्वजनिक यातायात चलाउँदा भीड बढ्छ, भीडलाई गाडी चढ्नबाट रोक्न सकिन्न, अनि ट्राफिकले त्यही बाहानामा चिट काट्छ,’ उहाँले भन्नुभयो, ’सबै सार्वजनिक सवारी चल्न दिएमा भीड पनि कम हुन्छ, व्यवसायी र स्वरोजगार मजदुरको समस्या पनि हल गर्न सघाउ पुग्छ ।’
महासचिव सिटौलाले अब विमानमा यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अन्याय हुने बताउनु भयो। ‘सामाजिक दूरीको पालना विमानभित्र भन्दा बसभित्र राम्रो हुन्छ,’ उहाँले भन्नुभयो, 'पैसाले समस्या नहुनेहरु चढ्ने विमानलाई सरकारले एउटा र गरिब चढ्ने बसहरुबारे अर्को नीति लिनु उचित छैन ।’
उहाँले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गरेर तुरुन्तै सार्वजनिक सवारी चलाउने वातावरण बनाउन महासंघसहित मजदुर संगठनहरुले माग गरेका छन् ।
‘हामी ऋण र व्याज तिर्न नसकेर समस्या फसेकाहरुमाथि अन्याय भए सार्वजनक सवारी असार १८ गतेदेखि सबै चल्छन्,’ उहाँले भन्नुभयो, ’हामीले त्यसअघि नै सरकारले उचित तवरले सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं ।’ आजको अनलाइन खबरले समाचार लेखेको छ । 
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments