Byroad News

Loading...

एक हप्ता निषेधज्ञा थपिने, सुनचाँदी, अब फर्निचर र कस्मेटीक पनि खुल्ने


एक हप्ता निषेधज्ञा थपिने, सुनचाँदी, अब फर्निचर र कस्मेटीक पनि खुल्ने

थाहानगर/१३ असार
कोभिड–१९ महामारी अझै नियन्त्रणमा नआएपछि मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप हुने भएको छ । गत असार ८ गतेदेखि जारी निषेधाज्ञा भोलि असार १४ गते राती १२ बजे सकिदैछ । थपिएको निषेधाज्ञा असार १५ गते राती १२ बजेदेखि असार २१ गते राती १२ बजेसम्म कायम रहनेछ ।

यो पटक निषेधज्ञालाई थप सहज बनाईने भएको छ । निषेधज्ञाको कारण बन्द रहेका थप तीन व्यवसायलाई दिउँस १२ बजेबाट ४ बजेसम्म सञ्चालनमा आउने भएका छन् । यस अघि अधिकांश व्यवसाय सञ्चालनमा आईसकेको थियो । असार १४ बाट फर्निचर, सुनचाँदी पसल तथा कस्मेटीक व्यवसायहरु सञ्चालनमा आउने छ । 

तर विद्यालय, ट्युसन इन्सिच्युट, पार्टी प्यालेस, होटल, लज, सार्वजनिक यातायात, जिम हाउस, ब्युटी पार्लर, शैलुन लगाएतका संघीय सरकारले बन्द गरेका सस्थाहरु भने बन्द रहनेछन् ।

Comments

KATHMANDU WEATHER