थाहानगर/१३ असार
थाहा नगरपालिकाको झन्डै ५० वर्ष पुरानो पुलको मुख-इन्द्रायणी चौर-आग्रा (इन्द्रायणी मोटर बाटो)मा देखिएका सामान्य समस्याहरु तत्काल सम्बोधन हुने भएको छ ।
त्रिभुवन राजपथबाट भित्र जानासाथ वर्षातमा ह्युम पाइप सानो भएकोले नालीको पानी सडकै सडक भएर बग्ने हुँदा मानिसहरु पैदलै पनि हिड्न समस्या भएको बाइरोड न्युजले प्रत्यक्ष प्रसारण/समाचार सम्प्रेषण गरेपछि जनप्रतिनिधिहरुले चासो देखाउनु भएको छ ।
शनिबार समाचार सम्प्रेषण भएपछि तत्कालै थाहानगरका उपप्रमुख खड्ग गोपालीले स्थलगत निरीक्षण गर्नु भएको थियो । यसैगरी, आइतबार विहानै २ नम्बर वडाध्यक्ष गुप्त बहादुर कार्की र ३ नम्बर वडाध्यक्ष राजेश केसीले पनि स्थलगत निरीक्षण गर्नु भयो । स्थलगत निरीक्षणले हिउँदमा नालीको समस्या नहुने भएपनि वर्षातमा समस्या हुने देखिएको निष्कर्ष निकालिएको छ ।
"अब यहाँ ह्युम पाइप भन्दा पनि कज-वे बनाउन उपयुक्त देखियो, प्राविधिकहरुसङ्ग पनि सल्लाह गरौंला, नगरबाट भए पनि वडाबाट भएपनि यो समस्या समाधान गर्नेछु ।" स्थलगत निरीक्षण गर्नुहुदै बाइरोडसङ्ग वडाध्यक्ष केसीले भन्नुभयो, "अब यो बाटोलाई कसले हेर्ने भन्ने निश्चित नभएकोले पनि अन्यौल भएको हो । तत्कालै हामीले हेर्छौ ।" 
२ र ३ नम्बर वडाध्यक्ष गुप्त बहादुर कार्की र राजेश केसी स्थलगत निरीक्षण गर्नु हुँदै
मौसम सामान्य हुँदा त्यो क्षेत्रको सडक अवस्था सामान्य नै देखिन्छ तर, लगातार २ घण्टा पानी पर्दा टाहाखेल जाने गोरेटो बाटोदेखि पुलको मुखसम्म हिड्न सम्म नहुने हुन्छ । सो समस्या समाधानका लागि आफू पनि सकारात्मक भएको नगर उप प्रमुख खड्ग गोपालीले बताउनु भयो ।
टेलिफोनमा कुरा गर्नु हुँदै थाहा नगर प्रमुख लवशेर विष्टले ह्युम पाइप हाल्ने हो भने तत्काल गर्न सकिने र कज-वे बनाउनु पर्ने अवस्था हो भने यो वर्षा सकिन दिनु पर्ने बताउनु भयो ।
वि.स. २०२६/०२७ सालतिरबाट निर्माण सुरु गरिएको सो बाटो हाल आग्राको देउखेल-चल्ती हुँदै पृथ्वी राजमार्गको महादेव वेशी जोडिएको छ । आग्राका देउखेल चल्तिका बासिन्दाहरुलाई पालुङ आउनु भन्दा सोहि बाटो हुँदै महादेव वेसी र काठमाडौं निस्किन सहज भएको छ ।
चार वर्ष यता नेपाल सरकारबाट करिव १० करोडको वजेट परिसकेको भएपनि स्थानीय सरोकारवाला निकाय नहुदा प्रत्यक्ष निगरानी हुन सकेको छैन ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments