सुरेन्द्रमान प्रधान/१० असार
आज असार १० गते मकवानपुरमा दशै वटा स्थानीय तहहरुले वजेट सार्वजनिक गरेको छ । पालिका सभाहरुमा पेश गरेको वजेट अनुसार मकवानपुरका दस वटा स्थानीय तहहरुमा आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब २३ करोड ४० लाख ६ हजार ३ सय रुपियाँको वजेट रहेको छ ।
सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपियाँको वजेट सभामा पेश भएको छ ।
यसैगरी सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख ५९ हजार रुपियाँको वजेट पेश गरेको छ ।
मकवानपुरको एक मात्र नगरपालिका थाहाले ९५ करोड ६४ लाख ३२ हजार रुपियाँको वजेट पेश गरिएको छ ।
मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजार रुपियाँ, भीमफेदी गाउँपालिका ६५ करोड ४१ लाख ९९ हजार रुपियाँ, मकवानपुरगढी गाउँपालिका ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपियाँको वजेट प्रस्तुत गरिएको छ ।
यसैगरी बकैया गाउँपालिका ६२ करोड ८३ लाख रुपियाँ, राक्सिराङ गाउँपालिका ५४ करोड ७२ लाख रुपियाँ, बागमती गाउँपालिका ५३ करोड ६६ लाख रुपियाँ र कैलाश गाउँपालिका ४५ करोड ९६ लाख ८ सय रुपियाँको वजेट पेश गरिएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments