Byroad News

Loading...

थाहा नगरको कूल बजेट साँढे ९५ करोड बढी, वडा अन्तरगतको विकास बजेटमा सडक मात्रमा सीमित

चुनावी वजेटको झल्को, सडक मात्रै १०५ वटा, वडाको १४ करोड २२ लाखमध्ये ९ करोड १२ लाख ५० हजारवडाको १४ करोड २२ लाखमध्ये ९ करोड १२ लाख ५० हजार सडकमा मात्रै

थाहा नगरको कूल बजेट साँढे ९५ करोड बढी, वडा अन्तरगतको विकास बजेटमा सडक मात्रमा सीमित

सुरेन्द्रमान प्रधान/१० असार
आज सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रुपियाँको वजेट पेश गरेको छ ।


पालिकाले आ.व. ०७८/०७९ का लागि आन्तरिक स्रोत ११ करोड ८८ लाख ४९ हजार, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४९ हजार, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख र प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरी कूल ९५ करोड ६४ लाख ३२ हजार रुपियाँको वजेट पेश गरिएको हो । 
सोमध्ये चालू खर्चतर्फ ८ करोड ५७ लाख ४५ हजार र पुजिँगततर्फ ४२ करोड ७५ लाख ८१ हजार रुपियाँ, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार रुपियाँ, सामाजिक सुरक्षा तर्फ १२ करोड रहेको छ ।

चालू खर्चतर्फ पदाधिकारी पारिश्रमिकमा १ करोड ८ लाख ९० हजार, पदाधिकारी भत्तातर्फ ५३ लाख ८० हजार, पदाधिकारीको प्रशासनिक खर्च ६८ लाख २५ हजार, कर्मचारी तलब खर्च २ करोड ५५ लाख, करार सेवा परामर्श १ करोड ३८ लाख, कार्यालय प्रशासनिक खर्च १ करोड ९३ लाख ५० हजार र भैपरी आउने खर्चतर्फ ४० लाख रुपियाँ छुट्याइएको छ । 
यसैगरी, पुजिँगततर्फ  ३४ करोड ४४ लाख ८१ हजार रुपियाँ छुट्याइएको छ । यस शीर्षक अन्तर्गत म्याचिङ फन्ड, फर्निचर, मेशिनरी, सेवा तथा परामर्श, नगरस्तरीय ठूला पूर्वाधार, वडास्तरीय साना पूर्वाधार, वडास्तरीय मर्मतसम्भार, प्रवद्र्धनात्मक कार्यक्रम, प्रशासन शाखा, स्वास्थ्य शाखा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग, सामाजिक विकास शाखा, फोहरमैला व्यवस्थापन शाखा, हेभी इक्युपमेन्ट व्यवस्थापन शाखा, विपद व्यवस्थापन, सूचना शाखा, पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा, पर्यटन विकास शाखा, शिक्षा शाखा, सहकारी शाखा, पशु विकास शाखा, कृषि विकास शाखा, सूचना प्रविधि शाखा, न्यायिक शाखा, भैपरी आउने शाखा पर्दछन् । 

नगरअन्तर्गत क्रमागत ठूला पूर्वाधार योजनाहरुमा थाहा बसपार्क २० लाख, थाहा स्मारक पार्क २० लाख, शंखमूल धाम २० लाख, इन्द्रायणी चउर खेलमैदान तटबन्ध १५ लाख, वडा नं. ६ र ९ कार्यालय मर्मत ३० लाख गरी एक करोड ५० हजार छुट्याइएको छ । 
प्रवद्र्धनात्मक कार्यक्रमतर्फ ५ करोड २३ लाख ५० हजार छ्ट्याइएको छ । 


 

सडक केन्द्रीत वडागत वजेटहरु:
वडा नं.१

१, क्रसरडाडा—कुलगाउ—पोखरी डाडा कुन्छाल सडक २५ लाख
२, कुटिप्वाकल सडक १५ लाख
३, टाहाखेल मोटरबाटो १० लाख
४, गहते सडक ७ लाख
५, झम्केश्वरी सडक ७ लाख
६, ओखर बजार भित्री सडक ७ लाख
 

वडा नं.२, 
७, लोसेपाखा मोटरबाटो स्ल्याव ढलान ७ लाख
८, ठुल्खोर मोटरबाटो स्ल्याव ढलान ७ लाख
९, देउराली खानेपानी तथा गुम्बा डाडा देखि लो टोलसम्म स्तरोन्नति ७ लाख
१०, गैरीगाउ मोटरबाटो स्ल्याव ढलान ७ लाख
११, पाथीभरा सोल्टु भन्ञ्ज्याङ मोटर बाटो स्ल्याव ढलान ७ लाख
१२, गणेशस्थान फुलपाती चौर मोटरबाटो स्ल्याव ढलान ७ लाख
१३, पुरानो छाप्रोदेखी चुनीवन मोटरबाटो स्ल्याव ढलान ७ लाख
१४, इन्द्रायणी बस्ती मोटरबाटो स्ल्याव ढलान ७ लाख
१५, पुड्खेल खोला साधु पुल निर्माण ४ लाख
१६, ठूलो बेसी फाट मोटरबाटो स्ल्याव ढलान २५ लाख

वडा नं.३
१७, दम्की—चौतारा—महाभिर—भस्मे—लामीचौर सडक २५ लाख
१८, कोलागैरी ठाडो सडक स्ल्याव ढलान ७ लाख
१९, बाजो खेत सडक स्ल्याव ढलान तथा बागेश्वरी खानेपानी मर्मत ८ लाख 
२०, गोरखनाथ सडक स्ल्याव ढलान तथा बागेश्वरी पर्खाल निर्माण १० लाख
२१, चतुर्मुखी स्ल्याव ढलान तथा भोटखोरिया सडक मर्मत १० लाख
२२, साबिने सडक स्ल्याव ढलान ५ लाख
२३, कृष्ण मन्दिर—गोपालीगाउ ढल निर्माण ७ लाख
२४, महिला विकास —खैटे—माझघर—कटुवाल डाडा गोरेटो बाटो मर्मत (सम्पन्न हुने योजना) ५ लाख
२५, परियार टोल—गोपालीगाउ—गुफा डाडा मोटरबाटो स्ल्याव ढलान (सम्पन्न हुने योजना) ५ लाख
२६, तल्लो भोट खोरिया सडक निर्माण ७ लाख 
 

वडा नं.४
२७, नारायण झ्याउ सडक २५ लाख
२८, कालिदेवी—इटापु कान्लो सडक १२ लाख
२९, वालुवा चौर—ठूलो माखु—खोलाघारी सडक १० लाख
३०, धारापानी—हर्केसी सडक (सम्पन्न हुने योजना) ५ लाख
३१, थिङ टोल—कार्की टोल गोरेटो बाटो स्तर उन्नति (सम्पन्न हुने योजना) ५ लाख
३२, रुप्से—थिङ टोल सडक (सम्पन्न हुने योजना) ५ लाख
३३, ठूलो चौर—गुरुङ टोल सडक ८ लाख

वडा नं.५
३४, दामन—नलिवन—पिङडाडा—भट्टेडाडा—वडा कार्यालय सडक २० लाख
३५, झम्केश्वरी—फुर्केवशन्त—रातोमाटे सडक १० लाख
३६, खोला खर्क खड्का टोल—डाडागाउ सडक १५ लाख
३७, स्वास्थ्य केन्द्र—लामा टोल सडक ५ लाख
३८, माने डाडा—ठुले फाखेल चौतारा सडक ५ लाख
३९, भट्टे डाडा—ट्रान्समिटर—बाझघारी सडक ७ लाख
४०, दामन—मयल भञ्ज्याङ—इन्द्रसरोवर सडक ८ लाख
४१, तिनाल—कर्म टोल—खल्चाङ सडक १० लाख
४२, डाडागाउ सिरान घर सडक ५ लाख
४३, दुर्गादेवी आधारभूत बिद्यालय स्कुल टोल ५ लाख
४४, सानोफाखल—चिलाउने सडक ५ लाख
४५, दामन—नलिवन सडक ग्रावेल ५ लाख
४६, नलिवन—यागर टोल सडक ५ लाख

वडा नं.६
४७, थहचोक—रातोपाटी—पापुङ सडक स्ल्याव ढलान २५ लाख
४८, साल्काप—नासल्थान—वालविकास केन्द्र सडक १० लाख
४९, बखम्बु कुलो स्ल्याव ढलान १० लाख
५०, थहचोक वस्ती स्ल्याव ढलान ७ लाख
५१, चैनपुर—गाउँखेल सडक स्तरिकरण ७ लाख
५२, नन्दिकेश्वर महादेव संरक्षण तथा डाडागाउ सडक ७ लाख
५३, चेतपुर—ढल्ट—धमिटोल सडक स्तरिकरण ७ लाख

वडा नं.७
५४, गैरीगाउ—ऐसेलु खर्क सडक ५ लाख
५५, देउराली—चिसापानी—चल्ती सडक १५ लाख 
५६, पिपलडाडा—पुलको मुख सडक तथा तरकारी संकलन केन्द्र निर्माण ५ लाख 
५७, माथिल्लो सल्ले सामुदायिक भवन तथा घलान टोल सडक निर्माण ६ लाख 
५८, डाडाबास—दलान टोल सडक तथा सामुदायिक गोले गुठी घर निर्माण ७ लाख 
५९, डाडाबास—बतासे—त्रिपुरेश्वर—लप्सीखोला सडक ५ लाख
६०, गैरीगाउ—लाकुरीभञ्याङ—तल्लो सल्ले सडक ७ लाख
६१, घलेपाखा सडक, भोम्जन टोल छेकवार तथा उन्नेचौर माने मर्मत ७ लाख ५० हजार 
६२, गैराटोल—लिटिङ खानेपानी तथा थुम्कीबारी सडक ५ लाख
६३, थुम्की भञ्ज्याङ—पुरान घर टोल—चौबास—मयल डाडा सडक ३ लाख
६४, पोखरीडाडा—धाराखोला—फुलपाती सडक निर्माण ३ लाख

वडा नं. ८
६५, दामगाडे—महादेव वेसी सडक २० लाख
६६, बि.के.के.एस. सडक (सुनकालीदेखि लाङ्ग्रेखोला सोलिङ र ग्याविङ) १५ लाख
६७, वडा कार्यालय र स्वास्थ्य कार्यालय जाने सडक ५ लाख
६८, ठाडेखोला—गैरीगाउ—धाराखोला सडक ५ लाख
६९, बाह्रमुह्रे—विक टोल सडक ५ लाख
७०, रातोमाटे—भोर्ले सडक ५ लाख
७१, आकोसे फाट—पिपल चौतारा—हुला डाडा—खानीगाउँ घुम्ती सडक ९ लाख
७२, सिउरिने—जन्तिबसे—रम्काथुल्म्का सडक ७ लाख
७३, ढकाल टोल—चानौटोथुम्के—बाटोमुनी—बेलाबोट—बिचटोल सिचाइ ५ लाख

वडा नं.९
७४, वर्थिङ सेन्टरदेखि भैरव थान जाने बाटो निर्माण ७ लाख
७५, कालीदेवी प्रावि कम्पाउण्ड निर्माण तथा माथिल्लो डाडाखर्क कृषि सडक निर्माण ७ लाख
७६, जुङ्गे खोला कृषि सडक नाली निर्माण ७ लाख
७७, मुल सडक देखि स्वच्छन्द्र भैरव माविसम्म सडक स्ल्याव ढलान ७ लाख
७८, कुस्ले चौरदेखि कपुगाउ जाने सडक निर्माण ७ लाख
७९, कपुगाउ टोगारदेखि महाचुनी थान जाने सडक निर्माण ७ लाख
८०, कल्सिङ खोल्सादेखि महादेवस्थान—मयलडाडा—सिरुपाटा सडक निर्माण ७ लाख
८१, टुपिखेल—मनकामना मन्दिर—गणेशस्थान—देउलाटोल सडक ७ लाख
८२, भैरवथान—डाडागाउ—खर्क—टिपटार—छवाकबु—खलिवन सडक २५ लाख

वडा नं.१०
८३, थाहा १० वडा कार्यालयबाट बिसिङखेल जाने बाटोमा रहेको खोलामा पुल निर्माण २५ लाख
८४, महादेव स्थान—सितापाइला बाटो निर्माण ७ लाख
८५, थाहा १० वडा कार्यालयबाट कलाटो जोड्ने मोटर बाटो स्तरोन्नति ७ लाख
८६, अम्पुडोल वस्ती सडक निर्माण ७ लाख
८७, सोसिन्डोल—ठूलो चौर जोड्ने कृषि सडक मर्मत कार्य ७ लाख

वडा नं.११
८८, देउराली(महाङ्काल सडक २० लाख
८९, नागछेडा—हकर्दी सडक १० लाख
९०, नौखन्डे—महाङ्काल—डाडीघाट सडक १५ लाख
९१, चित्रे कुवापानी ग्रामीण सडक ५ लाख
९२, ठाडे तलाउ सडक ५ लाख
९३, देउराली बज्रबाराही सडक ५ लाख
९४, नागङ्झाल ग्रामीण सडक ५ लाख

वडा नं.१२
९५ लिति—आदामारा सडक २० लाख
९६, गैरीगाउ मोटरबाटो तथा खानेपानी आयोजना १० लाख
९७, तारुका स्याङ्तान टोल सडक ५ लाख
९८, तारुका लामा टोल ग्रामीण सडक तथा गोरेटो बाटो निर्माण ५ लाख
९९, पोखरी चौर—सलामपुर सडक ५ लाख
१००, कुन्डली सडक निर्माण ५ लाख
१०१, ब्ले टोल सडक निर्माण ५ लाख
१०२, दोभान बम्पो डाडा—घले गाउँ ग्रामीण सडक ५ लाख
१०३, अलामपुर घलेगाउ सडक ५ लाख
१०४, मेत्राङ धुसेनी सडक ५ लाख
१०५, सडक ग्राभेलिङ ५ लाख

Comments

KATHMANDU WEATHER