Byroad News

Loading...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं/१० असार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा २ रुपियाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपियाँ र डिजेलको मूल्य ११० रुपियाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपियाँले वृद्धि गरेको थियो ।

Comments

KATHMANDU WEATHER