थाहानगर/९ असार
आर्थिक वर्ष २०७८/०७९ का लागि थाहा नगरपालिकाले भोलि (बिहीबार) नगर सभा हुँदैछ । नगर सभामा आ.व. ०७८/०७९ का लागि उपप्रमुख खड्ग गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।
वर्तमान कार्यपालिकाका तर्फबाट अन्तिम वर्ष प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई स्थानीयले विशेष महत्वका साथ हेरिएको छ । निर्वाचनको संघारमा आउने नीति तथा कार्यक्रम चुनावमुखी हुने आशंका गरिएको भएपनि त्यस्तो नबनेको कार्यपालिकाका एक सदस्यले बताउनु भयो ।
सबै वडाहरुलाई बजेट सिलिङ गरेर असार ५ गतेभित्र वडा भेला गरी बजेट पेश गर्न कार्यपालिकाले आव्हान गरिएको भएपनि कोभिडका कारण धेरैजसो वडाहरुले पुरानै योजनाहरुलाई प्राथमिकता दिएर नगरमा बुझाएको छ ।
नगरले सडकतर्फ नयाँ ट्राक खोल्न बजेट विनियोजन नगर्न निर्देशन नै दिएको थियो । आउँदो वर्षका लागि प्रत्येक वडालाई चालु खर्चतर्फ ४ लाख रुपियाँ, वडा वजेट अन्र्तगत (पुँजीगत) तर्फ वडा नं. १, २, ३, ४, ६, ९ र १० लाई एक/एक करोड, वडा नं. ५ लाई १ करोड १० लाख र वडा नं. ७, ८, ११ र १२ लाई १ करोड २० लाख रुपियाँका दरले बजेट सिलिङ तोकिएको छ । यसैगरी, सबै वडाहरुमा मर्मत संभार (पुँजीगत) तर्फ ७ लाख रुपियाँका दरले सिलिङ निर्धारण गरिएको छ । यसरी सबै वडाहरुलाई कुल बजेट सिसिङ १४ करोड २२ लाख रुपियाँ रहेको छ ।
नीति तथा कार्यक्रममा संवोधन गरी आउँदो बजेटमा वडा नं. ५, ७, ८, ११ र १२ मा एउटै योजना कम्तिमा २० लाख रुपियाँसम्मको र अन्य वडामा एउटै योजना २५ लाख रुपियाँसम्मको हुनै पर्नेछ ।
वडा नं. ५, ७, ८, ११ र १२ मा कम्तिमा ५ लाख रुपियाँ र अन्य वडाहरुमा कम्तिमा ७ लाख रुपियाँका योजनाहरु प्राथमितामा राखिएको छ । यसैगरी, प्राय: वडाहरुले शिक्षा, स्वास्थ्य, कृषिमा एक मुष्ठ १० लाख रुपियाँ बजेट छुट्याइएको स्रोतले बताएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments