काठमाडौं/८ असार
सेयर बजार परिसूचक नेप्से ७९.४४ अंकले बढ्दै २९१३.८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्रीबाट १० अर्ब २८ करोड रुपियाँको कारोबार भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५३६.३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।
समूहगत परिसूचकतर्फ १३ वटै कम्पनीको सुचाङ्कमा बढेका छन् । जीवन बीमासमूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.८५ अंकले बढेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स ३७५.२३ अंकले बढेको छ ।
यसैगरी बैंकिङ समूह ४४.३१ अंक, व्यापार समूह २१.५४, होटल तथा पर्यटन समूहको १०९.९५ अंक, बिकास बैंक समूहको २५१.३३ अंक, उत्पादनमुलुक समूहको २५१.३३ अंक, लघुवित्त समूहको ६४.९ अंक, वित्त समूहको १२७.६ अंक र जलविद्युत समूहको १५०.१० अंकले बढेको छ ।
मंगलबार अपी पावर कम्पनी, न्याग्दी ग्रुप कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, बरुण जलविद्युत कम्पनी, एचआईडीसीएल, जेविल फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
त्यस्तै राधी, जोशी, कालिका पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, खानीखोला, लिवर्टी, हजुरा लगायतका कम्पनीको सेयर कारोबार सकारात्मक सर्किटब्रेक नजिक रहेका छन् ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments