काठमाडौं/८ असार
राजस्व विभागले आर्थिक वर्ष २०७८/०७९ का लागि करको दर सार्वजनिक गरेको छ । जसअनुसार एकलौटी फर्मका रुपमा व्यवसाय मात्र हुनेले एकलतर्फ वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा र दम्पतीतर्फ ४ लाख ५० हजाररुपियाँसम्म करयोग्य आय भएमा कर नलाग्ने भएको छ ।
एकलतर्फ ४ लाखभन्दा माथि ५ लाखसम्म करयोग्य आय भएमा ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीतर्फ भने ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकमको १० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।
यस्तै, ५ लाखदेखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १० हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments