काठमाडौं/७ असार
भोलि ८ असारदेखि काठमाडौं उपत्यकामा टुटल र पठाओ सञ्चालनमा आउने भएका छन् । सरकारले भोलिदेखि जोर बिजोर प्रणाली अनुसार सवारी चलाउन दिने निर्णय गरेसँगै राइड सेयरिङ कम्पनी टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याउने भएको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा आज (सोमबार) राति १२ बजेदेखि केही खुकुलो बनाउँदै जोरबिजोर सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय छ । मङ्गलबारदेखि निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने छ ।
यद्यपि कोरोना महामारीको जोखिम केही कम भएपछि अझै जोखिम रहेको भन्दै निषेधाज्ञा भने पूर्णरुपमा हटाइएको छैन ।
निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि बन्द थियो ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments