थाहानगर/६ असार
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिन लागेको कविता महोत्सव-२०७८ का लागि थाहानगरका कवि बिर्खे अन्जान (लक्ष्मण बर्तौला) को कविता 'घर' पहिलो चरणको छनौटमा परेको छ ।
प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिन लागेको कविता महोत्सव-२०७८ का लागि छनौटमा परेका ४१ वटा कविताहरुमध्ये कवि बिर्खे अन्जानको कविता पनि छनौट भएको हो ।
महोत्सव अन्तर्गत यहि असार ९ गते जुमबाट कवि बिर्खे अन्जानले कविता वाचन गर्नु पर्नेछ । पहिलो चरण पार गरि यो दोस्रो चरणमा प्रवेश पाएको कविताको पूर्णाङ्क १० रहेको छभने पहिलो र दोस्रो चरणमा प्राप्त योगफलको आधारमा पुरस्कृत गरिने प्रतिष्ठानले आज जारी गरेको सूचनामा उल्लेख छ ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments