हेटौंडा/६ असार
हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरिदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
आज (आइतबार) उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरिद गर्नका लागि १० लाख रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।
अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेशिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताउनु भयो ।
अस्पतालमा मकवानपुरसहित प्रदेश नं २ को बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई रकम सहयोग गरिएको हो ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments