काठमाडौं/६ असार
कोरोना महामारीका कारण डेढ महिनाभन्दा लामो समयदेखि निषेधाज्ञामा रहेको काठमाडौँ उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन सञ्चालन गर्न दिने तयारी भएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले जोरबिजोर आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको बताउनु भयो ।
यसबारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आजै बस्दै छ।
पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदै छ। कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा भइरहेको छ ।
सरकारले पछिल्लो एक सातादेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएको थियो ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments