थाहानगर/६ असार
शैक्षिक सत्र २०७७ को आधारभूत तह (कक्षा ८) को नतिजा सम्बन्धित विद्यालयले सार्वजनिक गर्दा हुने भएको छ ।
थाहानगर शिक्षा शाखाले ‘मार्कशीट’ र ‘ग्रेडशीट’ मात्र दिइने हुँदा सम्बन्धित विद्यालयहरुले ग्रेडिङका आधारमा नतिजा सार्वजनिक गरे हुने जनाएको छ ।
बाइरोडसँगको कुराकानीमा शिक्षा कार्यालय परीक्षा शाखाका देबेन्द्र कार्कीका अनुसार विद्यालयले नै पठाइएको आधारमा ‘मार्कशीट’ र ‘ग्रेडशीट’ तयार भइरहेको छ । ‘हामी अन्तिम तयारीमा छौँ, सायद भोलिबाट पालैपालो लिन बोलाउँछौँ, नतिजा त विद्यालयले सार्वजनिक गरे हुन्छ ।’ काकीले भन्नुभयो ।
कक्षा ८ बाहेक अन्य सबै कक्षाहरुको सम्बन्धित विद्यालयहरुले यसअघि नै नतिजा प्रकाशन गरिसकेको छ । अहिले सामुदायिक विद्यालयहरु विद्यार्थी भर्ना अभियानमा छन् भने कतिपय संस्थागत विद्यालयहरुले भर्नासँगै अनलाइन कक्षा सुरु गरिसकेका छन् ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments