Byroad News

Loading...

महाकाली नदीमा बाढी स् निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा


महाकाली नदीमा बाढी स् निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

काठमाडौं/६ असार
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।

भीमदत्त नगरपालिका—१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करिव ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिनुभयो । 

तटीय क्षेत्र नजिकै पर्ने दोधारा चाँदनी नगरपालिका—१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भएको छैन । विस्थापित भएकाहरु आफन्तका घरमा बसिरहेको अनलाइन खबरले समाचार लेखेको छ । 

Comments

KATHMANDU WEATHER