एजेन्सी/६ असार
इरानको नयाँ राष्ट्रपतिमा निर्वाचिन भएका इब्राहिम रइसीलाई लिएर इजरायलले गम्भीर चिन्ता व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय समुदायले रइसीलाई निर्वाचित गरेको इरानको चुनावप्रति चासो व्यक्त गर्नु पर्ने इजरायलको भनाई छ।
इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लिओर हायतले रइसी इरानमा निर्वाचित भएका मध्ये अहिलेसम्मकै कट्टर राष्ट्रपति रहेको बताएका छन्। रइसीले इरानको परमाणु गतिविधिमा बढावा दिने पनि इजारायली विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन्।
इब्राहिम रइसीलाई इरानको राष्ट्रपतीय चुनावको विजेताका रुपमा शनिबार घोषणा गरिएको हो। उनले आउँदो अगस्टमा राष्ट्रपतिका रुपमा शपथ लिने छन्।
उनी इरानका शीर्ष न्यायाधीश हुन् र उनी अति कट्टरपन्थी विचारधाराका छन्। उनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। उनी विगतमा भएका राजनीतिक बन्दीको फासीका सजायमा जोडिएका पनि छन्।
जितपछिको आफ्नो वक्तव्यमा इब्राहिमले सरकारप्रति जनताको विश्वासलाई थप बलियो बनाउने र पूरै देशको नेतृत्व गर्ने उल्लेख गरेका छन्। कडा मेहनत गर्ने, क्रान्तिकारी तथा भ्रष्टाचार विरोधी सरकार गठन गर्ने पनि उनले वक्तव्यमा उल्लेख गरेका छन्।
इजरायलले इरानमाथि परमाणु कार्यक्रमलाई बढावा दिएको र इब्राहिमले त्यसलाई थप बिस्तार गर्ने चेतावनी दिए पनि इरानले भने आफ्नो कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments