Byroad News

Loading...

राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको कारक: बाबुराम भट्टराई


राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको कारक: बाबुराम भट्टराई

काठमाडौं/६ असार
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताउनु भएको छ ।

उहाँले कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टी रूपान्तरण हुनुपर्ने बताउनु भयो । भट्टराईले आज ट्वीट गर्दै समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गर्नु भएको छभने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताउनु भएको छ ।

‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले लेख्नु भएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’

उहाँले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताउनु भयो । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है, उहाँले लेख्नु भएको छ ।

Comments

KATHMANDU WEATHER