Byroad News

Loading...

कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन


कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं/६ असार
नेपाली काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमित विष्टको आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा  विष्टलाई भर्ना गरिएको थियो । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए । 

विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बन्नु भएको थियो भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुनुहुन्छ । उहाँ सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित हुनुहुन्थ्यो ।

Comments

KATHMANDU WEATHER