काठमाडौं/५ असार
हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ ।
शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको जनाएको छ ।
पहिरोविद् डा. रविनराज निरौलालाई उदृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।
सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएकाले थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउन समेत अनुरोध गरिएको छ ।
Featured News
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments