काठमाडौं/५ असार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । खनालको ज्वरो कम हुँदै गएको छ।
‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भन्नुभयो ।उहाँको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ। ‘भर्खरै मात्र दिल्लीस्थित एपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उहाँले भन्नुभेको छ, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएका खनाललाई चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो। ंफाइल तस्वीर
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments