Byroad News

Loading...

धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता


धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता

धादिङ/५ असार
धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना व्यक्ति पुरिएर हराईरहेका छन् । रुवीभ्याली गाउँपालिका धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सबैभन्दा विकटको क्षेत्र हो ।

धादिङबेसी साङकोष-तिप्लिङ-सोमदाङ सडक निर्माणका क्रममा शुक्रबार साँझ ६ बजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा पहिरोले पुरिएर रुबिभ्याली ६ घर भएका डोजरका सहचालक जोजो तामाङ र डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली  बेपत्ता भईरहेको रुवीभ्याली २ का अध्यक्ष प्रशान्त तामाङले जानकारी दिनुभयोे ।

साविकको सेर्तुङ र तिप्लिङ गाविसको सिमानामा रहेको अताखोलामा सडक निर्माण कार्य भईरहेको बेला एक्कासी ठूलो पहिरो खस्दा डोजर र दुई जना मान्छे पुरिएर बेपत्ता भएको अध्यक्ष तामाङले बताउनुभयो ।

घटना लगत्तै उद्धारका लागि प्रयास गरिएपनि पहिरोले पुरेर केही नदेखिएपछि उद्धार गर्न कठिनाई भएको र बर्षा भईरहेकोले थप पहिरो खसिरहेको र बर्षा पछि सञ्चार सम्पर्कमा समेत समस्या आएको पनि अध्यक्ष तामाङले बताउनुभयो ।

गाउँमा मोवाइल सम्पक टुटेको कारण प्रहरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिइरहेको र खोजतालसका लागि सेर्तुङमा रहेको प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थलमानै रहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख ( एसपि) प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुख चेरुङ तामाङ र उपप्रमुख दुवैजना काठमाण्डौंमा रहेकाले शनिबार विहान हेलिकप्टरबाट घटनास्थल तर्फ गएको वडाअध्यक्ष तामाङले बताउनु भएको छ ।

सदरमुकामबाट सडक सञ्जालले नछोएको रुवीभ्याली गाउँपालिकामा सडक पुर्याउन बहुबर्षिय योजना अन्तर्गत धादिङबेसी, साङकोष, तिप्लिङ, सोमदाङ सडक निर्माण कार्य जारी रहेको छ । सोही सडक खण्डको डुण्डुरेमा पक्की पुल निर्माण भएर मोटर चल्न थालेका छन् ।

तस्बिर/समाचार: धादिङ न्युजबाट

Comments

KATHMANDU WEATHER