Byroad News

Loading...

थाहामा शुक्रबार फेरि डर लाग्दो रिपोर्ट, ७४ प्रतिशतमा संक्रमण


थाहामा शुक्रबार फेरि डर लाग्दो रिपोर्ट, ७४ प्रतिशतमा संक्रमण

थाहानगर/४ असार
थाहानगरमा शुक्रबार फेरि कोरोना संक्रमितको संख्यामा डर लाग्दो अनुपातमा वृद्धि भएको छ ।

शुक्रबार १९ जनाको कोरोना परिक्षण गरिएकोमा १४ जना अर्थात  ७३.६८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । शुक्रबार वडा नं. १ मा ३, २ मा १, ६ मा १, ८ मा ६ र वडा नम्बर ११ मा ३ जना संक्रमित थपिएको थाहा नगरपालिका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिनुभयो ।

 यो समेत थाहानगरमा सक्रिय संक्रमितको संख्या ६०९ पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमितहरु सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरी खुल्ला हिड्डुल तथा मेलापातमा समेत सामेल हुए गरेको गुनासो सुनिन थालिएको छ । त्यसो त निषेधाज्ञा खुकुलो बनाएसङ्गै बजारहरुमा अनावश्यक भीडभाड समेत हुने गरेको गुनासो छ ।
शुक्रबारसम्म कोरोना सम्बन्धी विस्तृत विवरण 

तस्वीर: हिजो (बिहीबार) विहान शिखरकोट बजारको दृश्य ।

Comments

KATHMANDU WEATHER