हेटौंडा/४ असार
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्युु हुनेमा २ जना जिल्ला भित्रका र एक जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेहरुमा हेटौंडा-१ का ७१ वर्षीय पुरुष, मनहरी-१ की ७४ वर्षीया महिला र सलार्हीका-७३ वर्षीय पुरुष रहेका छन् ।
हेटौंडा १ का वृद्धलाई जेठ २७ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पताल भर्ना गरिएको र असार ३ गते हिजो दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसैगरि सलार्हीका ७३ वर्षीय वृद्धमा जेठ २८ गते कोरोना पुष्टि भएको र उपचारको लागि सोहि दिन हेटौंडा अस्पतालमा भर्ना भएको र गएराति उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मनहरी १ की ७४ वर्षीया वृद्धामा जेठ २५ कोरोना पुष्टि भएकोमा आज (शुक्रबार) बिहान उपचारको क्रममा मृत्यु भएको हो । योसंगै जिल्लामा जिल्ला भित्रका कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ ।
तस्वीर: सांकेतिक
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments