थाहानगर/४ असार
उत्तरी मकवानपुरमा कोभिड—१९ (कोरोना भाइरस)को प्रकोप बढेको प्रति जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले चिन्ता व्यक्त गर्नु भएको छ ।
शुक्रबार विकास गतिविधिको अनुगमनका क्रममा जिसस प्रमुख खुलालले मकवानपुरका स्थानीय पालिकाहरुमध्ये यस पटकको कोभिड—१९ को दोस्रो भेरियन्टको जोखिममा थाहानगर पर्न गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आउँदो वर्ष कोरोना न्यूनिकरणतर्फ विशेष चासो राख्न नगर प्रमुख लवशेर विष्टलाई आग्रह गर्नुभयो ।
जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य विमलकुमार ढकाललगायतको उपस्थितिमा जिसस प्रमुख खुलालले जनकल्याण माविको निर्माणाधीन भवनका ठेकेदारलाई कार्बाहीको प्रक्रिया सुरु गरिसकेको जानकारी गराउनु हुँदै नयाँ ठेकेदारमार्फत् बाँकी काम सम्पन्न गर्न छलफल गर्नु भएको छ ।
थाहानगरको समग्र विकासमा जिल्ला समन्वय समिति सधैं सकारात्मक रहेको बताउनु हुँदै निर्माणाधीन योजनाहरुको नियमित अनुगमन गर्न आवश्यक रहेको प्रमुख खुलालले बताउनु भयो । थाहानगरमा आफ्नो कार्यकालमा निर्माण भएका सबै योजनाहरु राम्रो रहेको र समयमै काम सम्पन्न नगर्ने समिति तथा ठेकेदारहरुलाई कार्बाहीको दायरामा ल्याउने कामहरु समेत भएको नगर प्रमुख विष्टले बताउनु भयो ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments