Byroad News

Loading...

खोप नपाएपछि पेट्रोल पम्पमा काम गर्नेहरु आन्दोलन गर्ने


खोप नपाएपछि पेट्रोल पम्पमा काम गर्नेहरु आन्दोलन गर्ने

काठमाडौं/४ असार
पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उहाँहरूको भनाइ छ।

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ।

खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ।

खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उहाँहरूको भनाइ छ।

गत बुधबारदेखि उहाँहरुले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो।

नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने भने पनि कार्यान्वयन हुन नसकेको व्यवसायीहरूले बताएका छन्।   विज्ञप्ति 

Comments

KATHMANDU WEATHER